काठमाडौं । आजदेखि सवारी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरिवाना, राजस्वलगायत सवारी कर अनलाइनबाटै तिर्न सकिने भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त अनलाइन प्रणालीको सुभारम्भ गरेका हुन् ।
अनलाइनबाटै यातायातमा सम्बन्धित सबै किसिमका करहरु तिर्न सकिने वाग्मती प्रदेशका सचिव सञ्जिव बरालले जानकारी दिए ।
उनका अनुसार मोवाइलल बैंकिङ एप, कनेक्ट आईपीएर, इवालेटलगायत अनलाइन एपबाट कर तिर्न सकिनेछ ।