काठमाडौं । नारगरिकता अध्यादेशसम्बन्धी विवाद सवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ ।
यससअघि हेर्दाहेर्दैमा रहेको मुद्दामा आज अन्तरिम आदेश जारी गर्ने विषया छलफल हुनेछ । सर्वाेच्चको संवैधानिक इजलासले अन्तरिम जारी गरेमा अध्यादेश रोकिनेछ । अन्तरिम जारी नभएमा अध्यादेश अनुसार नागरिकता वितरण सरु हुन सक्नेछ ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जेठ ९ गते जारी गर्नुभएको थियो । उक्त अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमार गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टी लगायतले रिट दायर गरेका थिए । नागरिकता अध्यादेशविरुद्धका ६ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।