स्वास्थ्य अनुसन्धान परिषद्का नवनियुक्त पदाधिकारी एवं सदस्यहरूले पदभार ग्रहण गरेका छन् । आज परिषद्को कार्यलयमा नवनियुक्त अध्यक्ष प्रा. डा. गेहनाथ बराल, उपाध्यक्ष डा. गौरव ढकाललगायतले पदभार ग्रहण गर्नुभएको हो ।
यस्तै, परिषद्का नवनियुक्त सदस्यहरु डा. बन्दना खनाल, डा. अवधेश तिवारी, डा. सन्तोष शाक्य र डा. रामआधार यादवलेसमेत पदभार ग्रहण गर्नुभएको छ । गत बिहीबारको मन्त्रिषरिषद् बैठकले परिषद् अध्यक्षमा प्रा. डा. बराल, उपाध्यक्षमा डा. ढकाल र अन्य चार जना सदस्यहरू नियुक्त गरेको थियो ।
कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष गेहनाथ बरालले एनएचआरसीमा पाठ्यक्रम बनाएर काम गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । साथै एनएचआरसीलाई बिकेन्द्रीकरण गरि प्रत्येक प्रदेशमा शाखा स्थापना गर्ने र त्यहाँकै जनशक्तिलाई परिचालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
देशमा एकै ठाउँका मानिसको स्वास्थ्यवस्थालाई मात्रै आधार बनाएर अनुसन्धान गर्नु भन्दा ठाउँ अनुसार छुट्टाछुट्टै अनुसन्धान गर्नुपर्ने उहाँले भनाइ छ ।