साझा यातायात प्रालिले ४० वटा विद्युतीय बस खरिदका गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि बोलपत्र आह्वान गरेको छ ।
कम्पनीले काठमाडौं उपत्यकामा चल्ने गरी पहिलो चरणमा ४० विद्युतीय बस किन्न लागेको साझा यातायातका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो ।
साझाले एक सूचना जारी गर्दै बस खरिदमा सहभागी हुन चाहने कम्पनीले न्यूनतम धरौटी रकम २ करोड १० लाख रुपैयाँ राख्नुपर्ने जनाएको छ ।
इच्छुक कम्पनीहरुले साझा यातायातको कार्यालयमा २० हजार रुपैयाँ फिर्ता नपाउने गरी बुझाउनुपर्नेछ ।
आगामी वैशाख २६ गतेसम्म इच्छुक कम्पनीले बस खरिदको प्रस्ताव हाल्न पाउने छन् ।