ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसाथ उपत्यकामा आजदेखि ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका एकसय जना युवाहरुलाई ट्राफिक स्वयंसेवक बनाइ आजदेखि परिचालन गरिएको हो ।
ट्राफिक व्यवस्थापनमा कमजोर तथा अस्तव्यस्त भएको ठाउँहरुमा स्वयंसेवक परिचालन गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
स्वयंसेवकहरुले पैदल यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक सम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले विश्वास गर्नुभयो ।