प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजको सुनुवाइ जारी छ । आजको सुनुवाइमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले संविधानभन्दा बाहिर गएर संसद विघटन गरेको जिकिर गर्नुभएको छ ।
उहाँले सरकार चलाउन मन नभए राजीनामा दिनुपर्ने जिकिर गर्दै प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको तर्क गर्नुभयो । अधिवक्ता थापाले संवैधानिक परिषद्मा प्रधान न्यायाधीशको उपस्थिति भएको स्मरण गराउनुभयो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ ।