अक्टोबर १५ तारिखका दिनमा मनाइँदै आएको विश्व हात धुने दिवस आज नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००८ देखी विश्व हात धुने दिवस मनाउन थालिएको हो ।
यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको छ ।