काठमाडौं - नेपालमा भएका ३४ लाख सिओपिडि, दम, आस्थामा अथवा दिर्घ श्वास प्रश्वास सम्बन्धि समस्या भएका बिरामीहरु छन् । दमका बिरामीलाई इन्हेलर विधि बाट उपचार गरिन्छ। इन्हेलरबाट लिइने औषधिले छिटो र प्रभावकारी रुपमा काम गर्दछ । यस औषधिको साइड इफ्फेक्ट पनि कम हुन्छ। त्यसैले इन्हेलर विधिलाई श्वासप्रश्वासको उपचारका लागि सर्वोत्तम मानिएको छ । इन्हेलर के हो ? कसरी प्रयोग गरिन्छ ? र नेपालमा इन्हेलरको उपलब्धता कस्तो छ ? यसै विषयमा महिला स्वास्थ्य संवाददाता समृद्धा के.सीले वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानासँग कुराकानी गरेकी छन्।
१. इन्हेलर भनेको के हो ?
इन्हेलर पछिल्लो ३ दशकदेखि प्रयोगमा अएको श्वास प्रश्वासँग सम्बन्धित रोग सि ओ पि डि दम उपचारमा प्रयोग हुने नयाँ प्रविधि हो । यो श्वास प्रश्वास सम्बन्धि समस्या भएका व्यक्तिलाई लक्षित पारि बनाइएको प्रविधि हो । इन्हेलर औषधिमा धुलोको कर्ण वा स्प्रेको रुपमा पम्पमा राखिएको हुन्छ । औषधी प्रयोग गर्दा सासले तानेर सिधै फोक्सोमा पुर्याउनुपर्छ ।
श्वास प्रश्वास सँग सम्बन्धित समस्या फोक्सोमा हुने भएकाले इन्हेलर सिधै फोक्सोसम्म औषधि पुर्याउने एक मात्र त्यस्तो प्रविधि हो । इन्हेलर तान्दा सिधै फोक्सोमा पुग्ने भएकाले यसको साइड इफ्फेक्ट एकदमै कम हुन्छ । त्यसैले इनहेलर प्रविधि सि ओ पि डि दम, आस्थमा र ब्रोन्कोइलाइटिसका बिरामीहरुका लागी विश्वभरी निकै प्रभावकारी मानिन्छ । साथै नेपालमा पनि केहि वर्ष देखि निकै प्रयोगमा आएको छ ।
२. इन्हेलरको प्रयोग कसरी गरिन्छ ?
स्वास्थ्य संस्थाहरुमा जब इन्हेलर औषधि लेखिन्छ । त्यति बेला यस्लाई कसरी प्रयोग गर्ने जानकारी दिनु अत्यन्तै आवश्यक छ । धेरैजसो विरामीहरु इन्हेलरको प्रयोग गर्न तयार हुन्छन् । तर सहि तरीकाले यसको प्रयोग गर्न नसक्दा फोक्सो भित्र औषधिले फाइदा पुर्याउन नसकेको पनि भेटिन्छ । जसका कारण इन्हेलरप्रति बिरामीको विश्वास कम हुन सक्छ ।
त्यसैले इन्हेलर प्रयोगको सल्लाह दिने जुनसुकै व्यक्ति वा स्वास्थ्य संस्थाले कसरी प्रयोग गर्ने, प्रयोग गरेपछि कुल्ला गर्ने लगायत यसबाट हुने असरबाट बच्ने तरीका सिकाउनुपर्छ । धेरैजसो स्वास्थ्य संस्थाहरुमा यो सिकाइने गरिन्छ । यदि कुनै स्वास्थ्य संस्थामा सिकाइएको छैन भने सिकाउने प्रवृतीको विकास गर्न आवश्यक छ ।
३. इन्हेलर दिनमा कति पटक र समय सम्म प्रयोग गर्नुपर्छ ?
दमका विभिन्न प्रकारहरु हुन्छन् । त्यसैले कति समय इन्हेलरको प्रयोग गर्नुपर्छ यकिन गर्न सकिदैन । कुन किसीकको दम भएको छ त्यसमा भर पर्छ । धेरै साना बालबालिका र बयस्कलाई ब्रोन्कोइलाइटिस दम हुने गर्दछ । ब्रोन्कोइलाइटिस दम भएको व्यक्तिले केहि महिना वा वर्ष ताने पछि पुरै ठिक हुन्छ । लामो समय इन्हेलर को प्रयोग गर्नु पर्दैन।
४० बर्ष माथी उमेर समुहका मानिसलाई हुने दम सि ओ पि डि यसले फोक्सोमा हुने प्रभाव जिवनभर हुने भएकाले केहि बिरामीहरुले जिवनभर इन्हेलरको प्रयोग गर्नुपर्ने हुनसक्छ । त्यसैले कति लामो समयसम्म इन्हेलरको प्रयोग गर्नुपर्छ भन्ने कुरा बिरामी अनुसार हुने भएकाले चिकित्सकको सल्लाह लिनु सबै भन्दा उपयुक्त मानिन्छ ।
इन्हेलमा भएको औषधि एकपटक तान्नको लागी आदि मिनेट लाग्छ । इन्हेलर तान्ने विभिन्न विधिहरु छन् । कुनै औषधि दिनको एक पटक तान्नुपर्ने हुन्छ, भने कुनै दुई पटक तान्नुपर्ने हुन्छ । कसैलाई एक किसिमको औषधिले मात्र नभई दुई वा तिन किसिमको इन्हेलर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले अस्पातलमा गएर सम्बन्धित चिकित्सकसँग सल्लाह लिएर सहि मात्रा, सहि डोज र कति समय सम्म प्रयोग गर्न भन्ने जानकारी लिनु पर्छ ।
४. सिधै तान्ने औषधिको साइड इफेक्ट धेरै हुन्छ भनिन्छ , इन्हेलर तान्दा साइड इफेक्ट हुने सम्भावना कत्तिको हुन्छ ?
सिधै तान्ने औषधिले धेरै असर गर्छ भन्ने धारण एउटा भ्रम हो । हामीले नियमित रुपमा अरु समस्याको लागि झोल तथा चक्कि औषधिहरु सेवन गछौं जुन आन्द्राको माध्यमबाट रक्तनलिमा गएर विभिन्न अंगहरुमा पुग्छ । त्यो औषधिको मात्रा धेरै हुने भएकाले साइड इफेक्ट पनि धेरै हुन्छ । इन्हेलर मा औषधिको मात्रा खाने चक्की भन्दा कम हुन्छ । थोरै औषधिको मात्रा शरिरमा जाने हुनाले फोक्सोमा बाहेक अरु अंगमा जादैँन । विभिन्न झोल र चक्की औषधिको भन्दा इन्हेलरको असर कम हुन्छ ।
५. नेपालमा इन्हेलरको उपलब्धता कस्तो छ ?
इन्हेलर धेरै ठाँउमा पुगिसकेका छ । तर सरकारी स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य बिमा अन्तरगर्त इन्हेलर लाई समाबेश गरिएको छैन । नेपालमा ठूला ठूला सहरमा वा गाँउघरमा इन्हेलर पुगिसकेको छ । बिकट ठाउँमा जहाँ स्वास्थ्य र सडकको पहुँच कम छ त्यहाँ इन्हेलरको अभाव देखिएको छ । पछिल्लो समयमा पम्पबाट आउने स्प्रे एमडिआईको अभाव काठमाडौंमा नै झेल्नुपरेको थियो । इन्हेलरको उपलब्धता धेरैजसो ठाउँहरुमा छ । तर कुनै समयमा यसको अभाव पनि हुने गरेको छ । गाउँघरसम्म यो उपचार पद्धती जसरी पुग्नुपर्ने हो त्यसरी पुग्न भने सकेको छैन ।
इन्हेलरबारे जानकारी पाउनका लागी समुदाय स्तरबाट सचेत हुनुपर्छ । यो पनि सिटामोल वा विभिन्न रोग ९रक्तचात, मधुमेह० को औषधि जस्तै एउटा औषधि हो । अन्य औषधि सेवनबारे बिरामीहरु जति सचेत छन् यसबारे पनि उत्तिकै सचेत हुन आवश्यक छ ।
मधुमेह, मिर्गौला सम्बन्धि रोगका बिरामीभन्दा सि ओ पि डि दमका बिरामीहरु बढि छन् । त्यसैले यसको उपलब्धता सबै ठाउँमा हुनुपर्छ । सरकारले पनि आफ्नो कार्यक्रममा सि ओ पि डि, आस्थमा तथा दमको उपचारलाई संलग्न गराएर ग्रामिण भेगसम्म पुर्याउन आवश्यक देखिन्छ ।
६. इन्हेलर कत्तिको महगों छ, अर्थिक रुपमा कमजोर नागरिकहरुले इनहेलर प्रयोग गर्न सक्छन् ?
नेपालमा केहि औषधि उत्पादन सुरु भएपनि इन्हेलर जस्ता औषधि अन्य देशबाट आयत गरिन्छ । जसका कारण अन्य औषधि भन्दा इन्हेलर अलि महगों छ ।
सामान्य अरु उपचारहरु भन्दा इन्हेलर अलि महंगो पर्छ । तर उपचार नै गराउन नसक्ने महंगो पनि छैन । मुटुको भल्भ फेर्न, मृगौला फेर्न र डायलाइसिसका लागी लाग्ने खर्च भन्दा कम नै लाग्छ ।
स्वास्थ्य बिमा भित्र यो सेवा समाबेश गरिएको छैन । सरकारले आर्थीक अवस्था कमजोर भएका नागरिकसम्म यो सेवा पुर्याउन सक्नुपर्छ । सरकारले निः शुल्क डायलाइसिस र मेरुदण्ड सम्बन्धि समस्या भएको बिरामीहरुलाई भत्ता दिने व्यबस्था गरेको छ । त्यसैगरी सि ओ पि डि भएका बिरामीहरुलाई उपचारको पहुँचमा पुर्याउनका लागी सरकारी तहबाट ठोस कदम चाल्न जरुरी छ ।
सि ओ पि डि दमका बिरामीहरुले दिनमा एउटा इन्हेलर प्रयोग गर्दा महिनामा न्युनतम ३ देखि ४ सय रुपयाँ खर्च हुन्छ । दिनमा ३ वा ४ पटकसम्म प्रयोग गनुपर्ने बिरामीको खर्च पनि बढ्दै जान्छ । इन्हेलर प्रयोगको मात्राले खर्च कती हुन्छ भन्ने निर्धारण गर्न सकिन्छ ।
७. इन्हेलर सम्बन्धि जान्नै पर्ने कुराहरु के-के हुन् ?
बिशेषगरी इन्हेलर सम्बन्धि बिभिन्न भम्रहरु छन् । इन्हेलर भनेको नराम्रो औषधि हो । यसको प्रयोग गर्न सुरु गरेपछि बानि पर्छ, जिवनभर लिनुपर्छ भन्ने भ्रम फैलिएको छ । यसलाई चिर्न आवश्यक छ । त्यसमा स्पष्ट हुन जरुरी छ । इन्हेलर दम रोगको लागि सबै भन्दा प्रभावकारी उपचार पद्धति हो । यो अन्य उपचार भन्दा साइड इफेक्ट रहित उपचार हो । त्यसैले यो औषधि नराम्रो हो भन्ने भ्रम चिर्नु सबैभन्दा ठूलो चुनौती हो ।
’
महिला स्वास्थ्य