दिल्ली । भारतमा आन्दोलनरत किसानसँग फेरि वार्ता गर्न सरकार तयार भएको छ । कृषि मन्त्री नरेन्द्र तोमरले आफूहरु किसानसँग फेरि वार्ताका लागि तयार रहेको भएका छन् ।
उनले विवादमा तानिएको कृषि कानुनमा कुनै हानी पुर्याउने प्रावधान भए त्यसलाई समाधान गर्न पनि तयार रहेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उनले यो कानुनले किसानकै फाइदालाई समेटेको दाबी भने गरेका छन् ।
उनले आन्दोलन छोडेर वार्तामा आउन पनि किसानलाई आग्रह गरेका छन् । ६ महिना अगाडि सरकार र किसानबीच भइरहेको वार्ता रोकिएको थियो । त्यसयता कुनै पनि वार्ता हुन सकेको छैन । भारतमा हिजो किसानले संसद भवन बाहिर विरोध प्रदर्शन गरेका थिए ।