अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग दर्ता भएको छ ।
डेमोक्र्याटिक पार्टीले दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार संसदमा आक्रमणलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ । प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ ।
उक्त प्रस्तावमाथि तल्लो सदनमा आज मतदान हुन सक्ने बीबीसीले जनाएको । हाउस अफ रेप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन् ।