काठमाण्डौ । संघीय राजधानी काठमाण्डौबाट आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले मुख्य समाचारका रुपमा यी शीर्षकहरुमा समाचार प्रकाशन गरेका छन् । आजको कान्तिपुर दैनिकले भारत पुर्याइएका किशोरी गिरोहको फन्दामा परेको आशंका शीर्षकको समाचारमा लेखेको छ ।
घाँस काट्न जाँदा बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, ‘कसले लग्यो उनीहरूलाई ?’ किशोरीहरूले गायिका बन्न राजीखुसीले भारत पुगेको उत्तर दिए पनि घटनाको प्रकृति, उनीहरूको अवस्था र सीमा पार गरेको परिवेश हेर्दा प्रहरीको आशंका कुनै संगठित गिरोहमाथि छ, जसलाई पत्ता लगाउन महोत्तरी र धनुषासँग जोडिएको सीमा सिल गरिएको छ ।
सधैंझैं मंगलबार दिउँसो २ बजे सातै जना घाँस काट्न खेततिर लागेको देखिन्छ । घाँस काट्न हँसिया र बोक्न बोरा सबैले लगेका थिए । घरभन्दा करिब १ किमि पूर्वको खेतमा उनीहरूलाई ३ बजेतिर स्थानीयले देखेका थिए । त्यसपछि उनीहरू देखिएनन् । ५–६ बजेसम्म घाँस बोकेर सधैं घर फर्किने उनीहरू मंगलबार अबेलासम्म आएनन् ।
एउटै टोलका सात जना किशोरी–बालिका रातिसम्म घर नफर्किएपछि बस्तीमा सन्नाटा छायो । अनेक अड्कलबाजी गर्न थालियो । सातै घरमा रातभर रुवाबासी चलिरह्यो । हरेक खेत र आलीमा उनीहरूलाई खोजियो । घरघरमा पुगेर सोधपुछ गरियो तर उनीहरू भेटिएनन् ।
महोत्तरी, भंगहा नगरपालिका–८ धर्मपुरका सातै किशोरी र बालिका बेपत्ता भएको १४ घण्टापछि भारत, विहारको सीतामढी नजिक बुधबार बिहान फेला परे । सीमामा खटिएका भारतीय अर्ध सुरक्षा बल (एसएसबी) को समन्वयमा भारतको रेल्वे प्रहरीले सीतामढी नपुग्दै उनीहरूलाई नियन्त्रणमा लिएको खबर आएपछि गाउँको सन्नाटा एकाएक रहस्यमा बदलियो ।
देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाबाट बिहीबार बिहान जारी बुलेटिनमा देशको पहाडी भु(भागहरुमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ भने बाँकी भू–भागहरुमा तुवाँलो रहेको उल्लेख छ।
यसैगरी आजको अन्नपूर्ण पोष्ट दैनिकले पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू(भागका थेरै स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै, आजको गोरखापत्र दैनिकले आज बिमस्टेक मन्त्रीस्तरीय बैठक शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बिहीबार बस्ने भएको छ ।सो बैठकको पूर्वाद्र्धमा बुधबार तयारी बैठक बसेको छ । मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नुहुने कार्यक्रम रहेको छ । उहाँसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहनुहुनेछ । बिहीबार अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको छ ।
भर्चुअल रूपमा बसेको तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको थियो । बैठकले बिहीबार भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिमस्टेक सदस्य राष्ट्रका उच्चाधिकारीको सहभागिता रहेको बैठकमा बोल्दै परराष्ट्र सचिव पौड्यालले सन् २०१८ को अगस्टमा नेपालमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा भएका निर्णय र त्यसपश्चात् भएका अन्य उच्चस्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन सफलताको बाटो उन्मुख रहेको बताउनुभयो । उहाँले बिमस्टेक क्षेत्रका जनताको प्रगति र समृद्धिका लागि सदस्य राष्ट्रहरू बीचको गहन सहयोगको माध्यमबाट बिमस्टेकलाई एक प्रभावकारी सङ्गठन बनाउन ठोस पहलको आवश्यकता रहेको औँल्याउनुभयो ।
बुधबारको उच्चस्तरीय बैठकले सङ्गठनको विभिन्न सम्बन्धित विषयका बारेमा छलफल गर्दै मूल्य मान्यताको स्थापना, संस्थागत समृद्धि, बिमस्टेक अन्तर्गत सहयोगी क्षेत्र र त्यसलाई सुलभ बनाउने उपाय, बिमस्टेकको बडापत्र, बिमस्टेकको बृहत् योजनालगायतका कानुनी कागजातलाई अन्तिम रूप दिने कामलाई अगाडि बढाउन आवश्यक तयारी गरेको छ । त्यस्तै सम्पर्क सञ्जालको गठन, बिमस्टेक सचिवालयका लागि सन् २०२० को आर्थिक बजेट तथा सन् २०२१ का लागि अनुमानित बजेटका विषयलगायतका बारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा १७औँ मन्त्रीस्तरीय बैठकको तयारीका बारेमा पनि बृहत् छलफल गरेको थियो ।