काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक असहज अवस्थामा रहेकाले सबैलाई एक जुट हुन आह्वान गर्नुभएको छ । नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रतिनिधि सभामा जवाफ दिदै गरेका प्रधानमन्त्री ओलीले कोरोना भाइरसले २ जनाको निधन भएकोमा दुःख व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि देशले वर्तामान सरकारलाई ढाल्ने सपना नदेख्न चेतावनी समेत दिनुभएको छ । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिनुभएको हो । त्यस्तै उहाँले नेपालमा कुनैपनि तानाशाह र अधिनायकवादको सम्भावना नरहेको भन्दै प्रजातन्त्रबाट पनि पछि नहट्ने दावी गर्नुभयो ।
उहाँले लिम्पियाधुरा र कालापानीको विषय ओझेल पार्न नदिइने भन्दै उक्त भूमि फिर्ता लिएरै छाड्ने दावी गर्नुभएको छ । सो भूमिमा नेपालले अर्घयेलाई नगरेको भन्दै ठोस कुटनीतिक माध्यमबाट फिर्ता ल्याएरै छाड्ने घोषणा गर्नुभएको छ ।