गायक पुष्पन प्रधान यतिबेला चर्चामा छन् । आफ्नै कथामा एउटा सांगीतिक फिल्म सार्वजनिक भएपछि उनी चर्चामा आएका हुन् ।
‘काली’ शीर्षकको उक्त सांगीतिक फिल्ममा गायक प्रधानको शब्द, संगीत तथा स्वरमा एउटा कर्णप्रिय गीत समावेश छ ।
सोही गीतमा आधारित भएर यो सांगीतिक फिल्म तयार पारिएको हो । यो फिल्मलाई छायांकार तथा निर्देशकको रुपमा स्थापित भैसकेका हरि हुमागाईंले निर्देशन गरेका हुन् ।
उनीहरुको यो सांगीतिक फिल्मले छोटो समयमै दर्शकको मन जितेको छ । यूट्युबमा अपलोड भएको केही दिनमै लाखौं पटक हेरिएको यो सांगीतिक फिल्मले सकारात्मक प्रतिक्रियाहरु समेत पाइरहेको छ ।
फिल्ममा प्रेमकथालाई निकै रोचक र आकर्षक शैलीमा चित्रण गरिएको छ । यो सांगीतिक फिल्ममा अभिनेता नाजिर हुसैन तथा अभिनेत्री स्वस्तिमा खड्काले मन छुने अभिनय गरेका छन् ।