नेपाली कलाकारहरुले पनि संविधानको रक्षा गर्दै सर्वोच्चले गरेको फैसलाको स्वागत गरेका छन् ।
अभिनेता भुवन केसीले सर्वोच्चको फैसलापछि फेसबकमा स्टाटस लेख्दै सर्वोच्चको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर स्थापना गर्नुका साथै हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको बताएका छन् ।
नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसी प्रधानमन्त्री ओली निकट मानिन्छन् । गत वर्ष चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उनी केही पटक बालुवाटार समेत धाएका थिए ।