विन्ध्यवासिनी म्युजिक प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्डले यस वर्ष पनि निरन्तरता पाउने भएको छ।
एघारौं विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष चैत २१ हुने भएको छ ।
अवार्डका लागि विभिन्न सम्मानको निर्णय गरी घोषणा गरिएको छ।
मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्डमा असहज परिस्थिति कारण यस वर्ष केही विधा हटाइएको आयोजक संस्थाका सञ्चालक सुवास रेग्मीले जानकारी गराएका छन् ।
त्यसै गरी, आयोजक संस्थाकी अध्यक्ष लिना शर्मा रेग्मीले यस वर्ष अवार्डको आवेदन निःशुल्क गरिएको र मनोनयनको संख्या अनुसार प्रति मनोनयन बराबर १ हजार रुपियाँका दरले बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने जानकारी गराएकी छिन् ।