युवा स्टार पल शाहको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि उनका शुभेच्छुकहरुबाट शुभकामनाको ओइरो नै लागेको छ ।
म्युजिक भिडियो “तिम्रो यादमा रहन्छु”बाट अभिनय यात्रा सुरु गरेका पलले गायक सुनिल गिरीको “को होला त्यो”बोलको गीतमा अभिनय गरेसँगै उनको उचाई बढेको थियो ।
थुप्रै म्युजिक भिडियो गरेका पलले नाई नभन्नू ल ४ बाट फिल्म नगरीमा डेब्यु गरेका हुन् । हाल पलले “म यस्तो गीत गाउँछु”,“प्रेमगित २ ”,“नाइँ न भन्नु ल ४” जोनी जेन्टलमेन, शत्रुगते, लगायतका चलचित्रमा अभिनय गरेका छन् ।
उनै युवा स्टार पल शाह आजबाट २६ औँ वर्षमा प्रबेश गरेका छन् । युवा पिडीमा चर्चित पललाई हाम्रो तर्फबाट पनि जन्मदिनको लाखौँलाख शुभकामना ।