मंगलबार एक कार्यक्रमकाबीच फिल्म ‘प्रकाश’को औपचारिक निर्माण घोषणा गरिएको छ । फागुनको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा अभिनेता प्रदीप खड्का र ,दिया मास्के र रेनु योगीको मुख्य भुमिका रहनेछ । अडिशनमार्फत छनोट भएकी धनगढीकी रेनु योगीले यसै फिल्मबाट डेब्यू गर्दैछिन् ।
कार्यक्रममा बोल्दै अभिनेता खड्काले फिल्मको कथा मन परेको कारण फिल्ममा काम गर्न राजि भएको बताएका छन् ।
यस फिल्ममा प्रदीप र रेनु,दिया मास्केसँगै अन्यकलाकारमा प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारहरुको अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मको कथा कथा विकास सुवेदीले लेखेका हुन् भने फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन्।