काठमाडौं महानगरपालिकाले कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि १५ खोप केन्द्र तोकेको छ । नगरपालिकाले एक सूचना जारी गर्दैै नगरपालिकाका ३२ वटै वडाका लागि खोप केन्द्र तोकिएको जानकारी दिएको हो।
५५ वर्षभन्दा माथिका नागरिकले फागुन २३ गतेबाट २८ गतेसम्म खोप लगाउन पाउनेभएका छन् । नगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,वीर अस्पताल,क्षेत्रपाटी निःशुल्क चिकित्सालय,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,निजामती कर्मचारी अस्पताल,मदरल्याण्ड अस्पताल सिनामंगल पेप्सिकोला तोकिएको छ ।
त्यस्तै, ओम अस्पताल एण्ड रिसर्च सेन्टर,इस्तुपा अस्पताल बौद्ध,शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,त्रिवि शिक्षण महाराजगञ्ज,हिमाल अस्पताल नक्साल,नेपाल प्रहरी अस्पताल,वीरेन्द्र सैनिक अस्पताल छाउनी र जनमैत्री अस्पताल बालाजु खोप केन्द्र तोकिएको छ।