कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन गरिने भएको छ । यसका लागि तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ । अहिले विद्यार्थीको नतिजा ‘इन्ट्री’ भइरहेको बोर्डले जनाएको छ । धेरै विद्यालयले विद्यार्थीको रोल नम्बर र डाटा भर्दा ध्यान नदिएकाले नतिजा इन्ट्री गर्न कठिनाइ भइरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए। उनका अनुसार त्यसलाई रुजु गर्न धेरै समय लाग्ने गरेको छ ।
काम तिव्र रुपमा भइरहेकाले पुस अन्तिम साता वा माघ पहिलो साता नजिता आउने उहाँको भनाइ छ । मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको परिक्षामा ४ लाख ३३ हजार एक सय ८० विद्यार्थी सहभागी थिए । कोरोना महामारी कारण गत चैतमा मा हुनुपर्ने परीक्षा यस वर्षको मंसिरमा भएको हो ।