काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गर्नु भएको छ ।
परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन अनुरोध गर्नु भएको छ । मन्त्री पोखरेलले कक्षा १२ को परीक्षा दिन लागेका सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना दिनु भएको छ ।
परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको बताउँदै मन्त्री पोख्रेलले ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गर्नु भएको छ ।
कक्षा १२ को परीक्षा भोलीदेखि सुरु हुँदैछ । यस पटकको परीक्षामा होम सेन्टरबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।