कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि बन्द रहेका शैक्षिक संस्था झापामा आजदेखि खुलेका छन् ।नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७” को स्वीकृत गरेसँगै जिल्लाका स्थानीय तहहरूले सोही बमोजिम आजदेखि निजी तथा सामुदायिक विद्यालय खुलाएका हुन् ।
हिजो विद्यालय खुलाउन जिल्लाका स्थानीय तह अन्तरगत रहेका शिक्षा, युवा तथा खेलकुद शाखाहरूले आफ्ना पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक बिच छलफल गरेका थिए । सोही छलफलमा मन्त्रालयले बनाएको निर्देशिका बमोजिम विद्यालय सञ्चालन गर्ने निर्णय गरेको शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।