काठमाण्डौ । सुनको भाउ फेरि बढ्न थालेको छ ।
हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर सुनको भाउ ९० हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।