नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।