स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार ११ सय रुपैयाँले उकालो लागेको छ । हिजो स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन हिजो तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको छ । तेजाबी सुन समेत तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।
चाँदीको मूल्यमा समेत आज २५ रुपैयाँले वृद्धि भएको छ । हिजो तोलामा एक हजार ३३५ रुपैयाँमा कारोवार भएको चाँदी आज एक हजार ३६० रुपैयाँ कायम भएको छ ।