नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको आएको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम गरेको छ ।
तेजाबी सुनको मूल्य आज तोलामा १०० रूपैयाँले नै घटेर तोलाको ९१ हजार ५०० कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।