आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोकिएको मूल्य नै आज पनि कायम छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ छ ।
यस्तै, आज चाँदीको भाउ तोलामा ११ सय ७५ कायम छ । लगातार दुई दिनको गिरावटपछि आज सुनचाँदीको भाउ स्थिर कायम भएको हो ।