सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँ घटेको छ । आज सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो एकैदिन तोलामा १८ सय रुपैयाँ घटेको सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको हो । हिजो सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार घटबढ भएन । आइतबार र सोमबार सुन तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनिरहेको खबर सार्वजनिक भएपछि मूल्य घटेको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।