आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९४ हजार कायम भएको छ । बिहीबार ९४ हजार ४०० मा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले घटेको छ। बिहीबार ९३ हजार ९०० मा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ५०० तोकिएको छ ।
चाँदी भने तोलामा ५ रुपैयाँ घटेर एक हजार २१० मा कारोबार भइरहेको छ ।