काठमाडौं ।
प्रहरी हवल्दार र जवानलाई ऋणको बोझ रहेको पाइएको छ । सेवा प्रवेश गरेपछि उनीहरुमा ऋणको बोझ रहेको पाइएको हो । प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ ।
सर्वेक्षणमा सहभागी प्रहरी हवल्दार र जवानहरुले मासिक २० हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको पाइएको छ ।
जसमा लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यरत महिला प्रहरी कर्मचारीले अन्य प्रदेशको तुलनामा बचत गर्ने गरेको उल्लेख छ ।
आफ्नो जागिर बाहेक अन्य पारिवारिक आयस्रोत भएका २३ प्रतिशत रहेको पाइएको थियो ।
जसमा वागमती प्रदेशमा २७ प्रतिशत र प्रहरी प्रधान कार्यालयमा २६ प्रतिशत सहभागी छन् ।
पारिवारिक अन्य आयमा कृषि ४१ प्रतिशत रहेको पाइएको छ ।
सहभागीहरुमध्ये ६४ प्रतिशतलाई सेवा प्रवेशपश्चात ऋण लागेको र उक्त ऋण घर निर्माण तथा जग्गा खरिदका लागि लागेको पाइएको छ ।
प्रदेशगत रुपमा विश्लेषण गर्दा प्रदेश २ मा कार्यरत सहभागीहरुमध्ये अधिकतमले घर निर्माण तथा जग्गा खरिदका लागि ऋण लिएको पाइएको छ ।