बाबु, चिया यहाँ छ है, खा छिटो उठेर, अहिले चिसो हुन्छ ’
गल्लीको कुनै कुनाको तातोमा सुतिरहेको कुकुर जस्तो ७ बजेसम्म सुतेको आफ्नो छोरालाइ राजा ठानेर चिया ल्याइदिनु भएकी मेरी आमाको वाणीसगै मेरो निन्द्रा खुल्छ । खोइ निन्द्रा ममा निकै फिदा भएर होकि छोड्ने कुनै छाटकाट नै देखाउदिन । बल्लबल्ल जबर्जस्ती उनको साथबाट छुटेर आँखा मिच्दै म पाइखाना पुग्छु अनि आफ्नो दैनिकी सिध्याएर अघि मेरी आमाले खाटको छेउमा राख्दिनु भएको चियाको चुस्की लिदै फेसबुकको पाना पल्टाउन थाल्छु ।
फेसबुकको भितामा एकजनाले आक्रोसित हुँदै सरकारलाइ गाली गरेका रहेछ्न । उनले लेखेका थिए ‘अरु मरेको पिडामा बधाई दिने थुइक्क मेरो सरकार ‘।
अनि त्यो पढेपछि के भएछ किन यिनी जङ्गीए भनेर समाचार हेरेको भियतनाममा गएको सुनामीमा परेर ज्यान गुमाएका मानिसहरुप्रति नेपाली रास्ट्रपतिको नामबाट सम्प्रेषण गरिएको पत्रमा समबेदनाको सट्टा बधाई लेखिएको रहेछ अनि पछि सच्चाएर पठाइएको रहेछ । त्यो देखेपछि हाम्रो सरकारी अफिसमा काम गर्नेले कति पढेका होलान अनि कुन ठाउँमा यस्तो खतरा पढाउदा रहेछ्न भन्ने लाग्यो । चोरले अरुलाइ पनि चोर नै देख्छ भनेझै नेपाल सरकारले भियतनामलाई पनि आफू जस्तै सोचे झै लाग्यो । जसले लगभग ४ बर्ष अघि गएको २०७२ मा गएको महाभुकम्पमा मरेका करिब १० हजार मानिसहरुको मृत्युलाई बिदेशी बोलाएर पैसा बटुल्ने बाहाना बनायो र सायद रमायो पनि होला हामीले भन्दा चाडो देश र जनतालाइ भुइचालोले ध्वस्त बनायो भनेर ।
यस्तै सोच्दै फेसबुक पल्टाउदै थिए थाहै नभई गाँस टिपेर हाकिमको खटनमा जाने बेला भइसकेछ । माथी किचेनमा गएर अस्ति जन्मदिनमा यसैमा भात खानु है भनेर एकजना साथीले गिफ्ट दिएको प्लेटमा मुला र आलुको तरकारीसग भात खादै गर्दा आमाले सोध्नुभयो ।
आमा–तरकारीमा नुन पुग्या छ नि रु
म– ९भातको गाँस मुखमा कोच्दै० मलाइ कैले चाहिँ थाहा हुन्छ र सोध्या आमै । आफै खानु अनि थाहा हुन्छ ।
आमा– ९ ओड्नीको सप्कोले टाउको छोप्दै ० बिहे गर्नी बेला भइसक्यो एउटा जाबो तरकारीमा नुन लाग्या छ कि छैन भनेर नि थाहा हुन्न यसलाई ।
आमाको कुरामा कुनैपनि प्रतिबाद नजनाउदै म खाना सकेर लुगा भिरेर पैसा कमाउने जागीर नामक युद्धमा होमिन अघि बढ्छु ।
हिजो बेलुका अफिस सकेर आउदा बिच बाटोमै मेरो घोडा९बाइक०को पेट्रोल सकियो,रिजर्भ अन गरेर पेट्रोल पम्पको छेउमा पुगेर खल्ती छामेको १०० रुप्याको एउटा नोटले गो ग्रीनको नारालाइ आत्मासाथ गर्दै मेरो खल्तीलाइ हरियाली बनाइरहेको रहेछ । त्यसैले त्यो हरियाली मास्न मन लागेन र बाइक पट्टि हेरे सरी आज तेरो खुराक पुराउन सकिन है भनेर रिर्जभमै घर हिडे । धन्न बाइकले घर ल्याइपुरायो अलपत्र पारेन। त्यसैले भोलिपल्ट बाइकतिर हेर्न पनि लाज लाग्यो अनि हिडेर अफिस लाग्ने बिचारमा ९०० रुप्यामा किनेको गोडस्टार कसेर हिडे । गोडस्टारको जुता लगाएर होला आज मेरो खुट्टा छिटोछिटो चल्न थालेको थियो।हिड्दै गर्दा म केही बर्ष पहिलाका कुरा सम्झन थाले ।पहिला अहिले म हिडेको बाटो खेतका काल्लैकाल्ला हुने गर्थे । जहाँ कङगारु जस्तै उफ्री उफ्री हिड्नुपर्थ्यो । तर अहिले ती उफ्रेर हिड्नुपर्ने पहाडजस्ता काल्लाहरु डोजर काण्डमा परेर तराई झै समतल भएका छ्न । हिड्नलाई सजिलो भएको छ यो बाटो तर पहिलाको जस्तो हरियाली र रमणिय भने छैन । किनकी यहाको सबै हरियाली, सुन्दरता डोजर काण्डमा परि हराएको छ र अहिले यो बिधुवा झै उजाड भएको छ ।
यहि कुरा गम्दै हिडेको मलाइ देखेर परबाट घरको सान र सुरक्षाको लागि बाधिएको टाइगर नाम गरेको कुकुर चिने झै गरी भुकेर यसरी बोलाउछ कि म उसको कुम्भमेलामा हराएको दाइ हु । मनमनै ‘ल भाइ पछि कुरा गरुम्ला फुर्सदमा अहिले तेरो दाइ लाग्यो युद्धमा’ भनेर म अघि लम्किन्छु र पुग्छु बसपार्कमा ।
बसपार्कमा कोहि म जस्तै जागिर खान ,कोहि किताब बोकेर पढ्न ,कोहि आफ्नो प्रेमी र कोही आफ्नो प्रेमिकालाइ भेट्न, कोहि शहर डुल्न अनि यस्तै यस्तै धेरै थरिका मान्छेहरु गाडी कुर्दै हुन्छ्न ।
यसै क्रममा एकजना चिनेको भाइ मेरो नजिकै आएर सोध्छ्न ।
भाइः– अहो दाइ आज बसमा । के भयो बाइक रु
मः– आज घोडालाइ दुख नदिम भनेको आफैलाइ पो दुख होला जस्तो छ ।९ कसरी भन्नू पेट्रोल छैन भनेर०
भाइः–९निकै जोडले हास्दै० हाहा दाइ पनि
यसरी आ–आफ्नो कुरा गर्दै हामी गफिदै थियौ ।केही क्षणको पर्खाइपछि मान्छेलाइ भेडाबाख्रा झै कोच्ने साधन परबाट झुल्किन्छ । त्यो देखेपछि आ–आफ्नो तालमा मस्त सबैजना एउटा प्रतिस्पर्धामा होमिन्छ्न ‘ बसमा को चढ्ने पहिला ’।
एकएका सबैजना बस कुर्ने कुरुवा होइन प्रतिद्धन्दी हुन्छ्न । अघि छेउमा आएर उभिएको भाइको लागि म पनि एउटा अपरिचित प्रतिद्धन्दी जस्तै हुन्छु । उसले मलाइ नचिने झै गरेर अलिक सरेर आफ्नो नजर बसमा गाड्छ । बस ठ्याक्कै हामी भएको ठाउँमा रोकिन्छ ।अनि सुरु हुन्छ प्रतिस्पर्धा ‘ बसमा को चढ्ने पहिला ’ । सुरु हुन्छ लडाइ बिना हतियार पेलम्पेल गर्दै । ढोकामा उभिएको हात भरी पैसा लिएको ससारको सबैभन्दा धनी जस्तो देखिने केटो जोडजोडले कराउछ ‘ पहिला झर्नेलाई बाटो छोड्दिनु न भन्या’ ।
बिचारा त्यो केटोको बोली त्यही ठेलम्ठेलमै हराउछ ।
अचम्मको कुरा त त्यो प्रतिस्पर्धामा भाग नै नलिइ छेउमा उभिएको मलाइ पनि भिडले ठेल्दै पेल्दै बसभित्र पुराइदिन्छ । बसभित्र पुगेर म सोच्न थाल्छु , के म पनि त्यो प्रतिस्पर्धाको हिस्सा थिए।
बसभित्र पसेर समाउने ठाउँ खोज्दै थिए कसैले दाइ भनेझै लाग्यो, यसो हेरेको त सिटमा बसेर त्यही भाइले बोलाउदै रहेछ जसको लागि म अघि दाइबाट सिधै एउटा अपरिचित प्रतिद्धन्दी भएको थिए । मैले उसलाइ हेरे अनि खिस्स हास्दै अर्कोतिर हेर्न थाले ।
मफलरले नाक मुख ढाकेका ,माकल टोपीमाथी अर्को टोपी लगाएका, आँखाबाहेक शरीरको सबै भाग छोपेका बसका पेसेन्जरलाई चिसो र जाडोले आतंकबादी जस्तै बनाएको थियो । बसमा सबैजना आफ्नौ तालमा थिए । आफ्नै आफ्नै कुरामा मस्त थिए सबै, कोहि पढाइको कुरामा, कोहि छरछिमेकको कुरामा, कोहि हाकिम र अफिसको कुरामा, कोहि राजनीतिको कुरामा अनि कोहि चुपचाप । यस्तै धेरै कुरामा भुलिरहेको मलाई ढोकामा पैसा लिएर बसेको ससारको धनी केटोले आदेश दियो ।
केटोः–ओ रातो ज्याकेट लाको दाइ पर सर्नु न ।
मः–९मजाकिया तरिकाले० ए भाइ म केटा मान्छे हुँ, कहाँ पर सर्छु त यार। के भन्या ।
मेरो कुरा सुनेर वरपरका मान्छे गलल हासेर मलाइ हेर्न थाले ।अनि त्यो केटोले नि हास्दै आदेश दियो ।
केटोः–९हास्दै० दाइ पनि । अलिक उता सर्नु पो भन्या त । कहाँ झर्ने हो तपाईं रु
मः– बानेश्वर
केटोः– ए ल ल अलि उता जानुस न त
केटोको आदेश जस्तै अनुरोध स्वीकार गरेर म अलिक भित्र सर्छु । म पुगेको ठाउँमा दुइजना अलिक कपाल पाकिसकेका बुढा बाहरु गफिदै थिए ।
बुढाः– हेर त बाटोमा धुलो उठेको । आम्मामा आँखा नै देखिन्न हौ । कसरी हिड्नु हौ यस्तोमा। अहो १
अर्का बुढाः– खोइ अब बाटो बन्छ छिट्टै भनेर भन्या छ क्या रे प्रधानमन्त्रीले । बन्छ होला नि १
बुढाः–९उदेक मान्दै० बन्दैन दाइ। यो सब जनता झुकाउने दाउ हो यिनको । केही गर्दैनन् नेताले ।
बुढाको कुरा निकै चित बुझे गरेर अर्को सिटमा बसेको एकजना युवक टाउको हलाउछँ। अनि म बाले भनेको कुराले सम्झिन्छु, घरबाट अफिस जादाँ र अफिसबाट घर फर्किदा धुलोले सेताम्मै भएको मेरो रातो ज्याकेट । त्यो कुरासगैँ मनमा अर्को कुराले डेरा गर्छ , ‘खास बाटो नेताले गरेर होइन हामी जस्ता जनताले गरेर नबनेको हो । जसले यस्ता कामचोर नेतालाई सत्तामा पुर्यायौ । अनि अहिले यिनलाइ गाली गरेर के फाइदा । अहिले गाली गर्ने हो हामीले पछि लुसुक्क परेर भोट दिने यिनलाइ नै हो क्या रे ’।
बुढाहरुको कुराबाट हटेर म यसो बाहिर उठेको धुलोमा हराउछु र यसैगरि एक दिन दुइदिन गर्दै उडिरहेको आफ्नो जीवनको बारेमा कल्पिन थाल्छु । बसले आफ्नो गति लिदै अघि बढ्छ । एकाएक मित्रपार्क आइपुगेपछी बुढाहरुको कुराले फेरि मेरो ध्यान तान्यो । पशुपतिनाथलाई ढोग्दै एकजना बुढाले सेतोपाटी भन्ने न्युज साइटले छताछुल्ल पारेको रामबहादुर बम्जनको कालो चरित्रको बारेमा भन्दैथिए ।
बुढाः– यस्तो नि योगी सन्त ज्ञानी हुन्छ । छ्या भगवान रे । कस्तो लाजमर्दो कुरो । मान्छे जसलाई नि भगवान भन्दै पछि लाग्छ्न ।
उनको यो कुरामा अर्को बुढाले नि सहमती जनाउदै थिए । अनि मैले मनमनै भने ‘यो त प्रतिनिधि पात्र मात्रै हो बा । अनि अघि भर्खर तपाईंले ढोग्नु भएको पशुपतिनाथमै यस्ता धेरै ढोङ्गी सन्त योगी पाइला पाइलामा भेटिन्छन् । यहाँ मान्छेले मान्छेलाइ मात्रै होइन ढुङ्गालाइ पनि भगवान मानेर पछि लाग्छ्न । साहित्यकार उपेन्द्र सुब्बाले त्यसै कहाँ लेख्नुभएको हो र ‘ नाथे एउटा ढुङ्गाले पनि यसरी मान्छेको शोषण गर्छ ’।
यसरी ती बुढाहरुको कुरा सुन्दा सुन्दै गौशाला कटेर बस अघि बढ्छ । बढ्दै गरेको त्यो बसमा उक्लिने र ओर्लिने क्रम चल्दै हुन्छ । अघि सानले सिटमा बसेको भाइ पनि भोलि त्यसै गरि प्रतिद्धन्दी बन्ने अदृश्य वाचासहित ओर्लिन्छ र मैले नि अदृश्य सहमति जनाउछु । ओर्लिदै गरेको त्यो भाइलाइ ढोकाको धनी मान्छेले ठट्यौली पारामा भन्छ ।
केटोः– ए दाइ त धरहरा जस्तो हुनु हुदो रहेछ ठोकिएला है हरेर ओर्लिनु ।
त्यति भनिसक्न नपाउदै उ फेरि आफ्नै कुरालाइ काट्दै भन्छ ।
केटो–९जिब्रो काट्दै० सरी ल दाइ धरहरा त ढल्या पो क्या रे
अनि म हासेर उसलाइ जवाफ दिन्छु ।
म– भाइ ठडिने चाँहि कहिले हो कुन्नी तर प्रधानमन्त्रीले धरहरा ठडाउने भनेर शिलान्यास गरिसके त ’
यो सुनेर फेरि ति धनि केटाले मलाई हेरेर मन्द मुस्कान तेर्साउछँ । गुरु जीले गाडिको चाल बढाउछन् ।
चढ्ने भन्दा नि ओर्लिने ज्यादा भएर होला बस खाली हुँदै थियो । त्यसैले मैले दायाँबायाँको आवाज पनि अलिअलि सुन्न थाल्छु । गुरुजीले बसमा भएको स्पिकरको साउन्ड ठूलो बनाएपछि थाहा भयो बसमा गीत पनि बज्दै थियो । त्यसपछि गुरु जि मलाइ ड्राइभर भन्दा नि डिजे जस्तै लाग्यो। किनकी उनी गतिको तालमा टाउको हल्लाउदै मुख चलाउदै थिए । गाडी एउटा गीत बज्दै थियो ।
हल्लक बढेछे रे पल्ला घरकी छोरी
साघुरिएको छ रे उसले लाउने चोली
यो गीत बज्ने बितिकै एकजना बुढाले नाक खुम्चाउदै मुख खोले ।
बुढा– ओहो ९चु चु गर्दै० ल सुन्नु त गीत । होइन कस्ता कस्ता गीत आउन थाले भन्या । हेर त नया जमानाका गीत ।
अर्को बुढा– खोइ के हो के । कस्तो जमाना आयो । उध्रेलो चोली रे ।खोइ अझ के के । हाम्रो पालाका गीत पो गीत । आहा नारायण गोपाल ,बच्चु कैलाश ,फतेमान ।
बुढाहरुको कुराले मैले नि एउटा नया जमानाको गीत सम्झे ।
तिमी ताला म हु चाबी
अब खोल्ने मेरो हक
मैले यो गीतले ठ्याक्कै के भन्न खोजेको अझै बुझ्न सक्या छैन । सोचौ त यो गीतले के भन्न खोज्या हो ।अनि यो गीत सुने भने के पो अर्थाउलान बुढाहरुले हगी १
बुढाहरुको कुराले मैले मेरो एकजना गुरुले आफ्नो प्रेमिका ९हाल श्रीमती० को लागि गाउनुभएको स्वर सम्राट नारायण गोपालको गीत सम्झे ।
मैले पुण्य मन पराए या पाप मन पराए
जे होस मैले तिमीलाइ चुपचाप मन पराए
पुराना यस्तै गीत जहाँ शब्द ,सगीत र स्वरको त्रिवेणी मिलेर हरेकको मनको ब्यथा बयान गर्थे । अहिले यस्तो गीत पाउन मुस्किल छ दुखको कुरा ।
आगो ताप्नु मुढाको ,कुरा सुन्नु बुढाको भने झै बुढाहरुको कुरा र तर्क सुन्दै र मनमा गम्दै थिए कि, ढोकामा बसेको धनी केटोले फेरि कड्किएर भन्यो ।
केटो– ल बानेश्वर आउन लाग्यो । झर्ने जति अलि अगाडि आउनु है, भाडा ठिक्क पारेर ।
त्यो सुनेपछि खल्तीमा हात हालेर खल्तीमा भएको एकमात्रै हरियो नोट, १०० रुप्या झिकेर आफ्नो खल्तीको हरियाली मासेर त्यो केटालाई थमाए ।
र केटोले मुस्कुराउदै एउटा १०० को नोटलाइ टुक्राएर ५ हिस्सा बनाएर दिदै भन्यो ।
केटो– ल दाइ यो तपाईंको पैसा अनि तपाईंको गन्तव्य ।
पैसा समाएर हास्दै मनमनै त्यो केटोलाई जवाफ दिए ‘ मेरो गन्तव्य यो होइन केटा, मेरो र हामी सबैको गन्तव्य त आगोले बलिरहेको आनन्दको शैया हो। ’
बस टक्क रोकियो म झरे अनि धुवाको एक मुस्लो फ्याक्दै बसले मलाइ बिदाइ गर्यो ।
अनि म मनमा आजको कार्यक्रममा सडक धुलो, ढलेको धरहराको कथा र बम्जनको कुर्तुतको बारेमा कुरा गर्दै बुढा बाहरुले भनेझै नारायण गोपाल, बुच्चु कैलाशको मिठामिठा गीतहरु बझाउछु भनेर सोच्दै लम्किए पैसा कमाउने जागिर नामक युद्धमा लड्न ।