काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काबिच भेट भएको छ। केही दिन अघिमात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारसले आज देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका हुन् ।
भेटका क्रममा देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलतामा पारस साथ रहेको बताए। उनले नेपालीले कहिल्यै नभुल्ने रोमाञ्चक जित र क्रिकेटमा झन् ठूलो सपना देख्न पारसले प्रेरित गरेकामा धन्यवाद व्यक्त गरेका थिए।
देउवाले पारसलाई संन्यासपछिको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै शुभकामना समेत व्यक्त गरेका छन् । भेटका क्रममा देउवाले नेपाली क्रिकेटलाई सरकारको सदैव साथ रहने बताएका थिए।