काठमाडौं । नेपालमा आगामी ५ महिनाभित्र थप १ लाख ९३ हजार कोरोना संक्रमित थपिने अनुमान स्वास्थ्य मन्त्रालयले गरेको छ । प्रतिनिधिभासको बिहीबार बसेको बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमा सरकारका तर्फबाट बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ यसबारेमा जानकारी दिएका हुन् ।
उनले कोरोनाको तेस्रो लहर अझै खतरनाक र बालबालिकालाई घातक हुने भन्दै सामाजिक सुरक्षाका मापदण्डलाई अझै प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए। 'आगामी ५ महिनामा १ लाख ९३ हजार नेपाली संक्रमित हुने अवस्था छ। तिनमा ३८ हजार अस्पताल भर्ना हुनेछन्', उनले थपे, 'तीमध्ये ९ हजारलाई सघन उपचार कक्षको आवश्यकता पर्नेछ।'
मन्त्री श्रेष्ठले अहिलेसम्म १० हजार १८० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका पनि जानकारी दिएका छन् ।