काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। भारतको राजधानी दिल्लीस्थित अपोलो अस्पतालमा बुधबार खनालको मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
दिल्लीमा खनालको डा. अखिल मिश्रको नेतृत्वमा उपचार भइरहेको छ । भट्टराईका अनुसार खनाल केही दिन दिल्लीमै आराम गरेर स्वदेश फर्किनेछन् । खनाललाई उपचारका लागि गत असार २ गते दिल्ली लगिएको थियो ।