काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद (टोकियो ओलम्पिक) जापानमा जारी छ । टोकियोमा जारि ओलम्पिकको ११ औं दिनको खेल सकिदा २२६ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
मंगलबारसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो । चीनले ३२ स्वर्ण पदकसहित कुल ६९ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २४ स्वर्ण पदकसहित कुल ७३ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले १९ स्वर्णसहित कुल ३६ पदक जितेको छ । अष्ट्रेलिया १४ स्वर्णसहित ३३ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले १३ स्वर्णसहित कुल ५२ पदक जितेर पाँचौं स्थानमा रहेको छ । यस्तै ग्रेट ब्रिटेन १३ स्वर्ण जित्दा जर्मनीले ८ स्वर्ण जितेको छ । फ्रान्स, न्युजिल्याण्ड, नेदरल्यान्ड्स र दक्षिण कोरियाले ६र६ स्वर्ण हात पारेका छन् ।
इटालीले ५ स्वर्ण जित्दा हंगेरी, क्युबा र चेक रिपब्लिकले ४र४ स्वर्ण तथा क्यानडा, स्विट्जरल्यान्ड, ब्राजिल र क्रोएसियाले ३र३ स्वर्ण पदक हात परेका छन् ।
२ स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, पोल्याण्ड, जमैका, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् ।