काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा १७६ स्वर्ण पदकको छिनोफानो भएको छ। अहिलेसम्म ओलम्पिकमा चीनले अग्रता कायमै गरेको छ। चीनले अहिलेसम्म २४ स्वर्णसहित ५१ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्णसहित ५९ पदक जितेको छ। यस्तै, तेस्रो स्थानको आयोजक देश जापानले १७ स्वर्णसहित ३१ पदक जितेको छ।
चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित ३१ पदक जित्दा पाँचौँ स्थानमा रहेको रुस ओलम्पिक कमिटीले १२ स्वर्ण सहित ४४ पदक जितेको छ । यस्तै, बेलायतले १०, दक्षिण कोरिया र फ्रान्सले पाँच/पाँच, इटली, नेदरल्यान्डस्, जर्मनी, न्युजिल्यान्ड र चेक रिपब्लिकले चार/चार स्वर्ण जितेका छन्। यस्तै, क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले तीन/तीन स्वर्ण जितेका छन्।
ब्राजिल, चाइनिज ताइपेइ, हङ्गेरी, स्लोभानिया, इक्वेडर, कतार र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् । यस्तै, ३० देशले एक/एक स्वर्ण जितेका छन्।