उनका अनुसार खोप ल्याएको निगमको जहाज आजै राति फेरि थप खोप लिन बेइजिङ उड्दैछ । आज बेइजिङ जाने जहाज भोलि दिउँसो २ बजे काठमाडौं फर्कने उनले बताए।
त्यस्तै बाँकी थप खोप लिन पुनः शनिबार वाइडवडी जहाज बेइजिङ जाने कार्यक्रम रहेको छ । नेपाल सरकारले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज भेरोसेल खोप खरिद गरेको हो।