काठमाडौं । मनसुनी वर्षा सुरु भएको केही दिनदेखि यताको वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी पहिरोबाट भएको भौतिक संरचनाहरूको क्षतिबापत हालसम्म निर्जीवन बिमा कम्पनीमा झन्डै २ अर्ब रूपैयाँको माग दाबी परेको छ ।
बाढी प्रभावित बिमितहरूले हालसम्म विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीमा कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार रूपैयाँको माग दाबी परेको बिमा समितिले जनाएको छ । समितिका अनुसार यो मागदावी भुत्तानी रकम बिमा कम्पनीहरूबाट संकलित तथ्यांक अनुसार यस वर्षको मनसुनी वर्षा प्रारम्भ भएदेखि गत बुधबारसम्म बाढीले क्षति पु¥याएका घरसम्पत्ति बिमा, मोटर बिमा, कृषि बिमा तथा पछुपन्छी बिमा, इन्जिनियरिङ बिमा र अन्य विधि बिमा अन्र्तगत गरि कुल ३ सय ३१ वटा बिमाको भुक्तानी माग दाबी भएको हो ।
यस अवधीमा विभिन्न निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल ३ सय ३१ वटा क्षति माग दाबी मध्ये १ सय ४१ वटा सम्पति बिमाको ६९ करोड ३६ लाख रूपैयाँ , ३३ वटा मोटर बिमाको ४ करोड ७५ लाख रूपैयाँ, ५ वटा सामुन्द्रिक बिमाको १९ लाख ८१ हजार रूपैयाँ , ६ वटा कृषि बिमाको १ करोड ६२ लाख रूपैयाँ , ५ वटा पशुपन्क्षी बिमाको २ करोड ३८ लाख रूपैयाँ र विविधतर्फ दुईवटा बिमाको १ करोड ५५ लाख ५१ हजार रूपैयाँ भुक्तानी माग दाबी परेको सो समितिले जनाएको छ ।
यसैगरी, समितिको तथ्यांकअनुसार इन्जिनियरिङ बिमातर्फ क्षति भएका १ सय ७ वटा निर्माणाधीन आयोजना बिमाको भुक्तानी माग दाबीबापत ९० करोड ७ लाख ३४ हजार रूपैयाँ, ८ वटा निर्माण सम्पन्न आयोजना बिमाको ११ करोड ७० लाख रूपैयाँ, १८ वटा हेभी इक्विपमेन्ट बिमाको ८ करोड ८४ लाख ३६ हजार रूपैयाँ र अन्य ६ वटा बिमाको १ करोड ५३ लाख ३ हजार रूपैयाँ भुक्तानी माग दाबी परेको छ ।
समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले यस्तो जानकारी गराएका हुन् ।