काठमाण्डौ । निरन्तर झरी परिरहेकाले आज देशका विभिन्न नदी तथा खोलाहरुमा बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । पछिल्लो २४ घण्टाको बाढी पूर्वानुमान गर्दै विभागले केही जिल्लाहरुमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।
वाग्मती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवनमा बाढी पहिरोको जोखिम उच्च रहेको जनाएका छन् । गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, नवलपुर, पाल्पामा पनि बाढी आउनसक्ने विभागले अनुमान गरेको छ ।
रुकुम पूर्व, कपिलवस्तु, नवलपरासी, बर्दिया तथा कर्णाली प्रदेशको जाजरकोट, सुर्खेत, कालीकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा पनि बाढीको खतरा रहेको छ ।