काठमाडौं । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्याम राज अधिकारीले सामाजिक सुरक्षा कोषले औषधी उपचार गर्ने भएपछि निजि कम्पनिले श्रमिकको उपचार गर्नु नपर्ने बताउनुभयो । युरोपीयन आर्थिक संघ नेपालले काठमाडौमा शुक्रबार आयोजना गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तरक्रिया कार्यक्रममा उहाँले ऐनमा ६० वर्ष पछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था उल्लेख भए पनि जागीरबाट ५८ वर्ष उमेर पुगे पछि अबकाश पाउने नियम आपसमा नमिलेको उल्लेख गर्नुभयो।
सामाजिक सुरक्षा कोष त्रिपक्ष कोणमा आधारित कोष भएको भन्दै सामाजिक सुरक्षा योजना कार्यक्रममा घरेलु कामदार र असन्तुष्ट पक्षलाई सम्बोधन गर्न धेरै समय लाग्ने बताउनुभयो । युरोपीयन आर्थिक संघ नेपालका अध्यक्ष विनायक शाहले हालै आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले बन्द ब्यवसायमा के गर्छ र कस्तो असर पार्छ भन्ने आम जनतामा कौतुहलता पाएको बताउनुभयो । कार्यक्रममा राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा योजनामा पाउने सुविधाका बारेमा जानकारी दिइएको थियो ।
राज्यले सामाजिक सुरक्षा योजना अन्र्तरगत प्रदान गर्ने औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र त्यस अन्र्तगत पाईने सुविधाहरु ः चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रिया वापत शुल्क, रोग परिक्षण तथा उपचार बापतको खर्च, औषधिको बिल बमोजिमको खर्च, घरैमा बसी उपचार गराउनु पर्ने अवस्थाका बिरामीको चिकित्सक वा स्वास्थ्यकर्मीले घरमै गइ प्रदान गरेको परामर्श सेवा वापतको शुल्क रहेको छ ।
तर यी सुविधा प्राप्त गर्न ६ महिना योगदान गर्ने योगदानकर्ताले अर्को ६ महिना सम्म यस्तो सुविधा प्राप्त गर्ने छ । त्यसैले योगदान नियमित गर्नु पर्ने जानकारी दिएको छ । यस्तै, मातृत्व सुरक्षा योजना सुविधा प्राप्त गर्न पछिल्लो १८ महिनामा १२ महिना योगदान गरेको गर्भवति श्रमिक वा योगदानकर्ताको पत्नीले मात्र सुविधा पाउने छ । दुर्घटना र अशक्तता सुरक्षा योजना सुविधा रोजगारीजन्य दुर्घटना, व्यवसाय जन्य रोग लागेका र रोजगारीजन्य बाहेक अन्य दुर्घटनामा परेका योगदानकर्ताले पाउने छ ।
आश्रीत परिवार सुरक्षा योजना अन्र्तगत दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट मृत्यु भएका श्रमिकको पति, पत्नी, छोरा, छोरी, वा बावु आमा मध्ये प्राथमिकताको क्रममा सुविधा प्रदान हुने छ ।