सिन्धुपाल्चोक । रगतको अभावका कारढा जटिल उपचारका लागि काठमाडौ धाउनु पर्ने तथा ज्यानै गुमाउनु पर्ने सिन्धुबासीको बाध्यता अवस्था अन्त्य भएको छ । नेपाली कांग्रेसका युवा नेता तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले जिल्लाका ३ वटा मुख्य अस्पतालमा रगत भण्डारणका लागि आवाश्यक पर्ने रेफ्रीजरेटर व्यवस्था गरेपछि रगत अभाव कै कारढा विरामीले ज्यान गुमाउनु पर्ने बाध्यता हटेको हो ।
बर्षै पिच्छे बाढि–पहिरोको विनासकारी आतंक र अन्य रोगका विरामी, दुर्घटनामा परेका घाईतेलाई उपचारका लागि तत्काल रगत आवाश्यक पर्छ । तर सिन्धुपाल्चोकमा आजसम्म कुनै पनि अस्पतालमा रगत भण्डारण प्रविधि उपलव्ध थिएन । रगत आवश्यक पर्दा रगत स्टोरेज गर्ने रेफÞ्रीजरेटर अहिलेसम्म सिन्धुपाल्चोकमा नभएकाले आफूले ३ वटा अस्पतालमा ३ वटा रेफÞ्रीजरेटर राख्ने प्रवन्ध मिलाएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बस्नेतले जानकारी दिए ।
यसै सिलसिलामा, असार १९ गते बाह्रबिसे अस्पतालमा रेफ्रीजरेटर राख्नका लागि बलेफी गांउपालिका वडा नंवर ८ निवासी व्यवसायी एव नेपाली कांग्रेसका युवा नेता सुभाष तिमल्सिनाले चार लाख र उमेश प्रधानले एक लाख रुपैंया उपलव्ध गराएको उनले जानकारी दिए । उक्त रेफ्रीजरेटर अर्डर भैसकेको र आजै बाह्रबिसे अस्पतालमा लगिने बस्नेतले बताए ।
यसैगरी नेता बस्नेतकै अग्रसरतामा बाढी र पहिरोले अस्तव्यस्त बनेको मेलम्ची अस्पतालमा पनि रेफ्रीजरेटर र भेण्टीलेटर राख्ने पहल सुरु भएको छ । यसका लागि बस्नेत कै अग्रसरतामा मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अंजना देबी मधुमीर्क नेतृत्वको टोलीले एघार लाख एघार हजार एक सय एघार रुपैंया नगरपालिकाको मेयरलाई हस्तान्तरण गरिसकेको छ ।
जिल्ला सदरमुकाम चौतारा अस्पतालमा पनि रेफ्रीजरेटर जडानका लागि युवा ब्यबसायी एवम नेपाली कांग्रेस भोटेकोशी गाउंपालिकाका कोषाध्यक्ष अमृत कार्कीले तत्कालै व्यवस्थापन गरिदिने नेता बस्नेतले बताए ।
तीन वटा अस्पतालमा रगत भण्डारणका लागि प्रविधि र पूर्वाधार बनेपछि अव नेता बस्नेतले जिल्लाका विभिन्न भागमा रक्तदान अभियान चलाउने र रगत अभाव कै कारण नागरिक मर्ने अवस्था अन्त्य गर्ने प्रतिवक्तता समेत व्यक्त गरे ।