काठमाण्डौ । नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई कोरोना भाइरसको संक्रमणबाट बच्न विभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
जिल्ला शाखा भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले महासंघको जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगत प्रजापतिलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) ५ थान, माक्स १५ सय थान तथा सेनिटाइजर (५०० मि.लि.) २० थान हस्तान्तरण गरेका छन् ।
मञ्चबाट प्राप्त स्वास्थ्य सुरक्षा सामग्री कोरोना भाइरसको संक्रमबाट जोगिनका निम्ति अग्रभागमा क्रियाशील भक्तपुर जिल्लामा कार्यरत पत्रकारहरुका निम्ति आजैबाट वितरण गरिने नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले बताए ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले कोरोना भाइरसको संक्रमणबाट पत्रकारहरुलाई जोगाउने अभियानमा मञ्चले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार मञ्चका उपाध्यक्ष चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्य एवं नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका पूर्व अध्यक्षहरु रमेश खड्का, अमर भुजु, विकल श्रेष्ठ तथा सचिव संजीप घिमिरेको उपस्थिति रहेको थियो ।
यसैबीचे नेपाल पत्रकार महासंघको एशोशियट शाखा कार्टुनिष्ट क्लबलाई १ हजार थान माक्स तथा ५०० मि.लि.को १० थान स्यानिटाइजर नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले क्लबका अध्यक्ष बासु क्षितिज, सदस्यहरु देवेन्द्र थुम्केली तथा रवि मिश्रलाई विहीबार मञ्चको कार्यालयमा हस्तान्तरण गरेका छन् ।
त्यस्तै दक्षिण एशियाली खेलकूद पत्रकार संघलाई पनि आजै नेपाल पत्रकार मञ्चले माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ ।