काठमाण्डौ । कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो हुन थालेको छ । देशैभरि जारी निषेधाज्ञा क्रमशः खुकुलो मात्र भएको छैन, पूर्ण रुपमा निषेधाज्ञा जारी भएका जिल्लाहरुको संख्या पनि घट्न थालेको छ ।
गृह मन्त्रालयलले जारी गरेको विवारण अनुसार अहिले देशभरका ६८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो केहि सातादेखि कोरोनाबाट सङ्क्रमित हुनेको संख्यामा कमी आएसँगै सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । जारी विवरणअनुसार बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्जनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ र बर्दिया जिल्लाभर निषेधाज्ञा खुकुलो बनाउँदै लागू गरिएको छ । त्यस्तै सल्यान, दार्चुला, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर र पर्वत जिल्लामा खुकुलोसहित निषेधाज्ञा लगाइएको छ ।
मनवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, नुवाकोट, धनुषा, अर्घखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम र इलाम जिल्लाम पनि खुकुलोसहितको पूर्ण निषेधाज्ञा लागू गरिएको छ ।
यसैगरी दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, ओखलढङ्गा, रसुवा, पाँचथर, सोलुखुम्बु, लमजुङ, भोजपुर, रुकुम पूर्व र तेह्रथुम जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयद्वारा जारी विवारणमा उल्लेख छ । त्यस्तै नौ जिल्लामा भने निषेधाज्ञा हटाइएको छ । पछिल्लो समय कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा कतिपय गतिविधिमा थप खुकुलो पर्दै लगिएको हो ।