काठमाडौं । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ ।
गएराति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो । समूह चरणको खेल सकिएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने टोलीको समेत टुंगो लागेको छ ।
नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् । नकआउट चरणको खेलहरु शनिबारदेखि सुरु हुनेछ ।