तिलगंगा आँखा प्रतिष्ठानले झन्ट्राल रिम्पोचे तथा तेज कोहली रुइत फाउन्डेशनको सहयोगमा यहि आषाढ ४ गते शुक्रवार सिन्धुपाल्चोकका हेलम्वु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका वाढी तथा पहिरोवाट प्रभावित क्षेत्रका वासिन्दाहरुलाई खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ ।
प्रतिष्ठानका प्रमुख वित्त अधिकृत रामचन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले हेलम्वु गाउँपालिकाका वडा नं. २ का अध्यक्ष छिरिङ्ग ग्याल्बु लामालाई खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामाग्री र मेलम्चीका वडा अध्यक्ष रुद्र दुलाललाई एन्टिजेन किट हस्तान्तरण गरेको हो ।
सामाग्रीमा ३६५० किलो चामल, ३०० किलो गेडागुडी, ३०० किलो दाल, ३०० किलो आटा, १५० किलो नुन, चिनी ३०० किलो, चिउरा ७०० किलो, ३०० वटा सावुन १५० लिटर खाने तेल, मसला, वेसार, मस्यौरा १५० किलो, मन्जन, व्रस, चियापत्ती, पियुष, जीवनजल ८०० प्याकेट, स्यानीटरी प्याड, सिटामोल तथा ५० पिस एन्टिजेन किट हेलम्वु गाउँपालिकामा भने १५० एन्जिटेन किट मेलम्चीलाई हस्तान्तरण गरियो ।
एकातिर कोभिड १९ ले आक्रान्त पारेको समयमा अर्कोतिर प्राकृतिक प्रकोपले थपेको पिडामा केहि भए पनि मलम लगाउने प्रयास स्वरुप प्रतिष्ठानले सहयोगी हात वढाएको हो ।