काठमाडौं । कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारका लागि नेपाल र चीनबीच सम्झौता भएको छ । चीन सरकारले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारका लागि सहयोग गर्ने भएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र चीनको वाणिज्य विभागबीच कृषि क्षेत्रमा सहयोग गर्ने सहमती पत्रमा हस्ताक्षर भएको हो ।
बुधबार मन्त्रालयामा एक कार्यक्रम गरी कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल , राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितीमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
नेपालको तर्फबाट योजना माहाशाखा प्रमूख सहसचिव डा.योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट विभागका निर्देशक बेन जेनले हस्ताक्षर गर्नु भएको हो । नेपलको रसुवा , नुवाकोट र सिन्धुपाल्चोकमा सञ्चालन गरिने परियोजनामा मूख्य गरी आलबाली , घाँस , ब्रोईलर तथा लोकल कुखुरा, च्याउ , तरकारी र रेम्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार गरिने मन्त्रालयका उपसचिब शंखर सापकोटाले जानकार दिनु भयो ।
यो योजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म सञ्चालन हुनेछ । परियोजना सञ्चालनमा लागि चीन सरकारले २७ मिलियन चाईनिज युआन सहयोग गर्ने घोषणा गरेको हो । परियोजनामा नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीन लगेर र अन्य २४० जना किसानलाई नेपालमा नै तालिम दिईने बताईएको छ ।
नेपाली परम्परा , संस्कृती लोप हुन लागेका पुर्खौली बस्तु र पर्याटन प्रवद्र्धनमा धार्मिक महत्वको जगेर्ना र विकास गर्ने उदेश्यका रिर्सार्ट सञ्चालन गर्न ५ करोडको जग्गा खरिद गर्नुका साथै १५ करोडको पूर्वाधार निर्माण गरिने बताईको छ ।