काठमाडौं । देशको राजधानी काठमाडौं धेरैका लागि रहरको शहर मानिन्छ । फराकिलो सडक, व्यवस्थित बजार र मनोरम बातावरण राजधानीको बिशेषता हो । तर यहाँको वास्तविकता भने फरक छ ।
साघुरो सडक, त्यसैमाथि बर्षामा हिलो र हिउँदमा धुलो तथा सडकका खाल्डाखुल्डी काठमाडौं उपत्यकाको विशेषता नै भइसकेको छ । यतिमात्र होईन यस्ता अनेक समस्याले गर्दा राजधानीलाई लामो समययता कुरुप बनाउदै आएको छ । यसमाथि सवारी साधनको चाप र पैदल यात्रीको जथावाभि बाटो काट्ने बानीले झनै असजिलो महशुस हुने गरेको छ ।
सरकारले यसअघि जथाभावी बाटो काट्नेलाइ २०० रुपैयाँ जरीवाना गराउनुका साथै २ घण्टासम्म ट्राफीक नियमका बारेमा जानकारी दिने व्यवस्था गरेको थियो । जसका कारण काठमाडौंमा जथाबाभि काटो काट्ने क्रम केहि कम भएको थियो । तर, हाल भने यो नियम त्यति पालना भएको पाइदैन् .
जसका कारण मनलागी बाटो काट्नेक्रम झन बढेको देखिन्छ । आज हामी काठमाडौंको बानेश्वरमा रहेको आकाशे पुलमा पुग्दा त्यहाँ पनि यस्तै अवस्था देखिएको थियो । त्यहाँ आकाशे पुलमा बसेर सेल्फी खिच्ने, घाम ताप्ने र दृश्य हेर्ने केहि ब्यक्ति भने देखिन्थे ।
काठमाडौं उपत्यकाभरी अधिकाशं ठाउँमा आकाशे पुलहरु छन् । कतिपय ठाउमा बनाइदै छ । तर भएका पुलबाट पनि मानिसहरुले आवातजावात नगर्दा सडकमा सवारी गुडाउन निकै अप्ठेरो भएको सवारी चालकहरुको गुनासो छ ।
त्यसरी बाटो काट्न नहुनेमा अन्य सर्वसाधरणको पनि सुझाब छ । पैदल यात्रीले आकाशे पुलको प्रयोग र जेब्रा क्रसिङको प्रयोग गरिदीए मात्र पनि सवारीजाम कम हुनुका साथै सडक दुर्घटनामा कमी आउँने प्रहरीको दाबी छ ।
यसरी व्यक्तिको सानो लापरबाहीले गर्दा हुने दुर्घटनाबाट बच्न तथा सभ्य नागरिकको परिचय दिन सबै सचेत हुनु जरुरी छ । यसमा सम्बन्धित सरोकारवाला निकाय मात्र होइन आम नागरिक पनि गम्भिर हुनुपर्ने देखिन्छ ।