काठमाण्डौ । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकले आज प्रकाशन गरेको समाचारहरुमा मेलम्ची खानेपानी काठमाण्डौ उपत्यकामा वितरण गर्न थालिएको बिषयलाई प्रमुखताका साथ प्रकाशत गरेको छन् ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा लेखिएको छ, मेलम्चीको खानेपानी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम आइतबारदेखि सुरु गरेको हो ।
केयूकेएलले आइतबार दुई बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा पानी वितरण सुरु गरिएको जानकारी दिएको छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलको महाँकाल चौरको ट्यांकीबाट दुई बजेदेखि पानी वितरण सुरु गरेको बताए ।
‘मेलम्चीको खानेपानी वितरण गरिरहेका छौं । चाबहिलको महाँकाल चौरको ट्यांकीबाट हाम्रो २ बजेदेखि सुरु भयो,’ उनले भने, ‘अनामनगरको ट्यांकीबाट पनि २ बजेदेखि सुरु गर्यौं । अहिले मेलम्चीको कुटुबहाल, कालोपुल, विशालनगर, देवकोटा चोक, बत्तिसपुतली, बागेश्वरी क्षेत्रमा पानी आइरहेको छ ।’ यो पानीलाई बन्द गरेर फेरि अर्कोतिर पठाइदिने उनले बताए । हाल मीनभवनको पानी ट्यांकी भरिँदै गरेको उनको भनाइ छ ।
‘आज तीन बजेदेखि मीनभवनको ट्यांकीमा पानी भर्न सुरु गरेका हौं,’ राईले भने ‘यो भरिन तीनरचार घन्टा लाग्ला भन्ने छ । यो भरिसकेपछि त्यहाँबाट पनि वितरण गर्न सुरु गर्छौ ।’ उनका अनुसार केयूकेएलले पानी वितरणको काम गरिरहेको छ । बाँसबारी र महाराजगन्जको ट्यांकीमा पनि पानी भरेर वितरण गरिनेछ । खुमलटारको पानी चढ्न एकदुई दिन लाग्ने जस्तो भए पनि चाँडोभन्दा चाँडो उपभोक्तालाई पानी वितरण गर्नका लागि कोसिस भइरहेको उनले बताए ।
यस्तै, आजको अन्नपूर्णपोष्ट अगाडि लेख्छ, बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आइतबार दिउँसोबाट राजधानीबासीको धारामा खसेको छ। महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी वितरण गरिएको हो। आइतबार दिउँसो २ बजे भण्डारण गरिएको पानी वितरण प्रणालीमा पठाइएको हो।
दिउँसो महांकालमा वितरण गरिएको मेलम्चीको पानी साँझसम्म मिनभवन, बालाजु, महाराजगञ्जबाट पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड९केयुकेल०का प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। ‘अहिले ट्यांकी भर्ने काम भइरहेको छ’, उनले भने,‘साँझसम्म ती क्षेत्रमा पनि मेलम्चीको पानी जाने छ।’
उनका अनुसारका अनामनगरका ५ सय घरमा नयाँ पाइपबाट पानी दिइएको छ। यो पाइलट प्रोजेक्ट भएकाले नयाँ पाइपलाइनबाट पानीको परीक्षण गरिएको उनको भनाइ छ। अन्य स्थानमा पूरानै पाइप प्रणालीबाट पानी वितरण गरिएको छ। अहिले मीनभवनको पानीट्याक्की भरिँदैछ।
महांकाल चौरमा रहेको ट्यांकीको भल्भ खोलेर आइतबार मेलम्चीको पानी वितरण सुरु गरिएको थियो। केयुकेलले केही दिनसम्म चार करोड लिटर पानी वितरण गर्ने छ। क्रमश बढाउँदै लैजाने केयुकेलको तयारी छ।
यसैगरी आजको गोरखापत्र दैनिकले मेलम्ची खानेपानी वितरण हुने तालिकासहितको समाचार प्रकाशति गरेको छ । गोरखापत्र दैनिकले मेलम्चीको पानी वितरण शुरु कहाँ कुन समय पानी (सूची सहित) शीर्षकमा समाचार लेखेको छ ।
मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो । आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने भएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ ।
तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मीलन शाक्यले जानकारी दिनुुभयो ।
एयुुकेएलले प्राप्त हुने पानीलाई वितरण तालिका तयारी गरी दैनिक वा दिन बिराएर धाराहरुमा वितरण गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत शाक्यले भन्नुुभयो “वितरणको तालिका सम्बन्धित शाखा कार्यालयहरुको फेसबुुक, सूचना, जनसम्पर्क ईकाईमार्फत् उपलब्ध गराइएको छ, कतै पानी चुहावट भएमा, पानी नआएमा वा अन्य कुनैपनि समस्या भएमा केयुकेएल एप्स, इमेल र एसएमएसमार्फत् जानकारी दिएमा हामी तुुरुन्त प्राविधिक टोली पठाई हाल्छौं ।”
छिटो सेवा र अनुुगमनको लागि सबै शाखा कार्यालयहरुबाट (यापिड रेस्पोन्स टिम स्थलगत रुपमा परिचालित रहेको शाक्उले जानकारी दिनुुभयो । केयुुकेएलले आइतबार महाँकाल चौरमा पत्रकार सम्मेलन गरी मेलम्ची आयोजना सम्पन्न गर्नका लागि योगदान गर्नुहुने, पूूर्वप्रधानमन्त्रीहरु, विभागिय मन्त्रीहरु, पूर्वप्रशासकहरु लगायत सम्पूूणलाई धन्यवाद प्रदान गरेको छ ।