त्रिदेशीय फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गर्नुभएकोे हो ।
नेपाली टोलीमा नवयुग श्रेष्ठ परेका छैनन् । नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रंजित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ रहेका छन् ।
मिडफिल्डरमा त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान परेका छन् । फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास रहेका छन् ।
मङ्गलवार (हिजो) देखि सुरु भएको त्रिदेशीय फुटबलअन्तर्गत नेपालले भोली बङ्गलादेश र आउँदो शनिवार किर्गिस्तानसँग खेल्दैछ