काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक विस्तारलगायतका कारण शनिबार संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने जनाएको छ ।प्राधिकरणले बानेश्वर वितरण केन्द्रअन्तर्गत कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सीसीआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा विद्युत कटौती हुने जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती उल्लेख छ । सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ ।
बानेश्वर वितरण केन्द्रअन्तर्गत नै बत्तिसपुतली क्षेत्रमा पनि विद्युत कटौती हुने भएको छ । बत्तिसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत कटौती हुन लागेको प्राधिकरणले जनाएको छ ।
पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले प्राधिरकणको सूचना उल्लेख छ ।