काठमाडौँ- इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा पुगेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै लभिरपुल समग्रमा ४-० को जितसहित क्वाटरफाइनलमा पुगेको हो ।
लिभरपुलले जर्मन क्लबलाई पहिलो लेगमा पनि २-० ले नै हराएको थियो । लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।